Media Network

राष्ट्रपतिबाट दक्षिण अफ्रिका रस्वीट्जरल्याण्ड देशमा आवासीय राजदूत नियुक्त


खबरस्टोरी संवाददाता

१४ मंसिर २०८०,बिहीबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा आवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार सरकारको सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको र स्वीट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जनाएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद