Media Network

युद्धको ५०५ दिन, रुसी दुतावास अगाडि पुन विरोध प्रदर्शन


खबरस्टोरी संवाददाता

२८ असार २०८०,बिहीबार

काठमाडौं।सन् २०२२ को फेव्रवरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरे पश्चात शुरु भएको रुस–युक्रेन युद्धको ५०५ औँ दिन मानव अधिकार तथा शान्ति समाजले तत्काल युद्ध अन्त्य गर्न रुसलाई आग्रह गर्दै काठमाण्डौस्थित रुसी राजदुतावास अगाडि प्रदर्शन गरेको छ ।

२०८० असार २८ गते दिउँसो सम्पन्न प्रदर्शनमा रुसः तत्काल युद्ध अन्त्य गर, युद्धको ५०५ दिनः मानवता पराजित, रुसी आक्रमण बन्द गर, युद्धको ५०५ दिनः इतिहास लज्जित, रुसी आक्रमणका कारण हजारौ नागरिकको मृत्यु, करोड बढी शरणार्थी÷आन्तरिक रुपमा विस्थापित, खरबौको क्षति, युद्ध लम्बिदै छ, मानवता पराजित हुँदैछ लगायतका प्लेकार्ड प्रदर्शन गर्दै रुसलाई तत्काल युद्ध अन्त्य गर्न आग्रह गरिएको थियो ।

प्रदर्शन पश्चात रुसका राष्ट्रपति भ्लादीमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी राजदुतावास अधिकारीमार्फत हस्तान्तरण गरिएको थियो । ज्ञापनपत्रमा  युद्धका कारण मानवता पराजित भइरहेको दुखद अनुभव शान्ति समाजले गरेको उल्लेख गर्दै सन् २०२२ को फेव्रुवरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि शुरु भएको युद्ध तत्काल अन्त्य गर्न पुनः आग्रह गरिएको छ ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, महासचिव रेनुका पौडेल, शान्तिवादीहरु डा. केदारनरसिंह केसी, सुदर्शन सिग्देल, रत्नलक्ष्मी श्रेष्ठ, चन्द्रमणी बञ्जारा, बलबहादुर गाहा, किरण ढकाल, नम्रता खरेल, दिवाकर पुडासैनी, जगन्नाथ पुडासैनी, भगवान पुडासैनी, विकास थापा, ईश्वर पुडासैनी, जयराम पुडासैनी, ईश्वर नेपाल, प्राची खनाल, रिता अधिकारी, आरसी भण्डारी, मणिराम दाहाल, गौतम खड्का, हिरामणी खनाल लगायत चार दर्जन शान्तिवादीहरुको सहभागिता थियो ।  

यसैगरी असार २८ गतेकै दिन रुसलाई तत्काल युुद्ध अन्त्य गर्न आग्रह गर्दै पाल्पा, रुपन्देही, संखुवासभा, चितवन, सुर्खेत, तेह्रथुम, नवलपुर, रसुवा लगायत एक दर्जन जिल्लामा शान्ति समाजका शाखाहरुले प्रदर्शन गरेका छन् ।

स्मरणीय छ मानव अधिकार तथा शान्ति समाजले युद्ध निषेधः शान्ति विशेष भन्ने आह्वानसहित २७ वर्षदेखि युद्ध र आणविक अस्त्रको विरोधमा अभियान सञ्चालन गर्दै आएको छ भने विगतमा रुसलाई युद्ध रोक्न आग्रहसहित काठमाण्डौस्थित रुसी राजदुतावसा अगाडि पटक पटक र देशभरी एक सय भन्दा बढी प्रदर्शन गरिसकेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद