Media Network

नेपाल टेलिकमले माग्यो १२९ कर्मचारी


खबरस्टोरी संवाददाता

७ बैशाख २०८१,शुक्रबार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।शुक्रबार सार्वजनिक सूचना जारी गर्दै टेलिकमले १२९ रिक्त पदमा आवेदन माग गरेको हो ।

उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।आवेदन वैशाख २७ गतेसम्म दिन सकिनेछ । यस्तै दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने जनाइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद