काठमाडौं । त्रिभुवन विश्वबिद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ । संस्थानले शुक्रबार सूचना जारी गर्दै महाराजगञ्ज अन्तरगतको शिक्षण अस्पताल र त्यसका बिभिन्न केन्द्रहरुका लागि ५० जना स्टाफ नर्स माग गरेको हो ।
स्टाफ नर्सको स्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको हो । इच्छुक नर्सले आगामी असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
