Media Network

ट्विटरजस्तै एप ल्याउँदै मेटा, ५ सय अक्षर लेख्न सकिने


खबरस्टोरी संवाददाता

७ जेष्ठ २०८०,आईतवार

काठमाडौं ।मेटाले ट्विटरजस्तै एप ल्याउने भएको छ।कम्पनीले सेलिब्रेटीहरूलाई सुरुमा उक्त प्लेटफर्ममा भित्र्याउने उद्देश्यले अधिकांशलाई मेल गर्दै यसबारे जानकारी गराएको छ ।

यो एप आशिंकरूपमा इस्न्टाग्रामसँग जोडिने बताइएको छ । इन्स्टाग्रामबाटै त्यसमा लगइन गर्न सकिने, फलोअरहरूलाई त्यहाँ फलो गर्न इन्भाइट गर्न सकिने जस्ता फिचर एपमा रहनेछन् ।

मेटाको टेक्स्टमा आधारित यो प्लेटफर्म डिसेन्ट्रलाइज र खुला, विकेन्द्रीकृत सामाजिक सञ्जाल प्रोटोकल एटीभीटी पबमा आधारित हुने बताइएको छ ।

मेटाले एथलीट, अभिनेता, निर्माता, हास्य कलाकार लगायतका क्रिएटरहरूलाई सुरुमा प्लेटफर्ममा भित्र्याउन चाहेको छ ।

ट्विटरजस्तै मास्टोडन, ब्लूस्की र अन्य एप बनाउने दौड चलिरहेका बेला मेटाले पनि यस्तै प्लेटफर्म बनाउन थालेको हो ।

यो एपमा ५०० अक्षरसम्मको पोस्ट लेख्न सकिने, लिंक र भिडियो अपलोड गर्न सक्ने जस्ता फिचर रहनेछन् । एपमा कुनै पनि पोस्टलाई लाइक, रिप्लाई र रिपोस्ट पनि गर्नसकिने बताइएको छ ।

यो एप कस्तो रहनेछ र कति प्रयोगकर्ताले रुचाउँछन् भन्ने कुरा सार्वजनिक भएपछि नै थाहा हुनेछ । तर, मेटाले फेसबुक र ट्विटरमा रहेका अर्बौं प्रयोगकर्तामध्ये धेरैलाई उक्त प्लेटफर्ममा धकेल्न सहज हुने ठानिएको छ ।

यो प्लेटफर्मको नाम पी ९२ अथवा बार्सिलोना हुने अनुमान गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद