Media Network

तिनाउमा शोक विदा, तिनाउका मृतक परिवारलाई ३५ हजार राहत


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०८०,बुधबार

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा मंगलबार साँझ भएको जिप दुर्घटनामा परि १० जनाको मृत्यु भएको शोकमा गाउँपालिकाले बुधबार शोक बिदा दिएको छ ।  गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण  शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयमा बुधबार शोक बिदा दिने निर्णय गरेको थियो । 

तिनाउँ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकमा डुम्रेबाट चिदीतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । मृतक पाँच जना तिनाउ गाउँपालिका छन् । तिनाउ गाउँपालिका मृतक पाँच जनाको परिवारलाई तिनाउ गाउँपालिकाले जनही ३५ हजार रुपैयाँका दरले राहत दिने निर्णयसमेत गरेको छ ।

उक्त दुर्घटनामा परि तिनाउ गाउँपालिका–६ की ६० वर्षीया यनकुमारी पन्त, २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी र ६७ वर्षीय कृणबहादुर अस्लामी, तिनाउ गाउँपालिका २ खुर्साने बस्ने २० वर्षीया गीता सुनार, पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्या बस्ने ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकी ६५ वर्षीया दिल कुमारी सुनार, रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ तामनगर बस्ने ७० वर्षीय चन्द्रगोपाल रणपाल, बुटवल १४ कै ६० वर्षीया चुना रणपाल र रुपन्देहीको देवदह नगरपालिका–५ की २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद