Media Network

अवैध लागूऔषधसहित पक्राउ


खबरस्टोरी संवाददाता

१७ चैत्र २०७९,शुक्रबार

काठमाडौं। झापा,मेचीनगर नगरपालिका–५ नकलबन्दा टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम र नगद २८ हजार ६ सय १५ रुपैयाँसहित ललितपुर, ललितपुर महानगरपालिका–१३  घर भई मोरङ लेटाङ नगरपालिका–३ बस्ने ४६ वर्षीय विशाल शर्मालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नकलबन्दा र सशस्त्र प्रहरी बल  नेपाल आउट पोष्ट नकलबन्दाबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

बर्दिया, बारबर्दिया नगरपालिका–३ भैंसाखानीबाट अवैध लागूऔषध चरेश १२ ग्राम ७ सय १० मिलिग्रामसहित मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ बस्ने २२ वर्षीय मदन गुरुङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका–१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम २८ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीय रोहित चौधरी र १९ वर्षीय राहुल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद