Media Network

पाटन क्याम्पस प्रमुखको गाडि तोडफोड


खबरस्टोरी संवाददाता

२९ फाल्गुन २०७९,सोमबार

काठमाडौं । सोमबार बिहान पाटन क्याम्पसमा अनजान समुहको व्यक्तिहरु आएर पाटन क्याम्पसका क्याम्पस प्रमुख डा.लक्ष्मण सिंह कुवँरको गाडि तोडफोड गरेका छन् । तोडफोड गर्ने व्यक्तिहरु चुनाव भाड्ने मनस्थीतीले उक्त क्रियाकलापहरु गरिरहेको भन्ने विशेष आश.का रहेको छ।

अहिले नेपालभर रहेका क्याम्पसहरु स्ववीयुको चुनावले तातेको छ । आइतबारबाट मनोनयन दर्ताको प्रक्रिया सुरु भएसँगै लफडाहरु पनि बढ्न थालेको छ । विषेशगरी राजधानीमा रहेका क्याम्पसहरुमा तनावग्रस्त स्थीतीहरु बन्दै गइरहेको छ । आइतबार केहि क्याम्पसहरुमा झडप देखि खुकुरी हानाहानको अवस्था समेत श्रृजना भएको थियो । 

स्ववीयु चुनावमा अराजक गतिविधिहरु रोक्न अहिले हरेक क्याम्पसहरुमा प्रहरीको बाक्लो ताँती देखिन्छ । बाक्लो प्रहरीको उपस्थीतीमा चुनाव पनि नजिँकिदै गर्दा अराजक गतिविधिहरु पनि बढ्दो छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद