Media Network

सुन भित्र्याएको रेडी ट्रेडर्सविरुद्ध साढे तीन अर्ब बिगो दाबी


खबरस्टोरी संवाददाता

२७ भाद्र २०८०,बुधबार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर अनुसन्धान सकाएको छ ।

सीआईबीको अनुसन्धानमा तस्करीको सुन ल्याउन प्रयोग भएको कम्पनी रेडी ट्रेडर्सले कुल ३०२ किलो सुन भित्र्याएको पाइएको उल्लेख छ ।

सीआईबीले अनुसन्धान प्रतिवेदनमा रेडी ट्रेडर्सविरुद्ध तीन अर्ब ५० करोड बिगो रकम दाबी गरेको छ ।  

सो प्रकरणको अनुसन्धानको क्रममा सीआईबीले ३२ जनालाई पक्राउ गरेको छ । १८ जना फरार रहेका छन् । फरार रहनेमा पक्राउ परेका दावा छिरिङकी श्रीमती कमला रोकासहित अन्य रहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद