Media Network

सशस्त्र प्रहरीका नवनियुक्क्त डिआईजी अधिकारीले लगाए फुली


खबरस्टोरी संवाददाता

६ बैशाख २०८१,बिहीबार

काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा बैशाख ०३ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका बरिष्ठ उपरीक्षक दिपक अधिकारीलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर को मिति २०८० र १२ र २३ गतेको निर्णयानुसार सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी सेवा, साधारण समुह, साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका हुन्  ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद