Media Network

कोशी सरकार नेतृत्वको दाबी गर्ने आज अन्तिम दिन


खबरस्टोरी संवाददाता

१६ श्रावण २०८०,मंगलवार

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो ।सर्वोच्च अदालतले यसअघि गठन गरेको नेपाली कांग्रेसको सरकारलाई अवैधानिक करार गरिदिए पछि पुनः आह्वान भए अनुसार आज समय सीमा सकिँदैछ ।

प्रदेश प्रमुख परशुराम खापुङका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने लागेको हो ।

यसअघि सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका थापाको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । जसअनुसार आज नयाँ सरकारका लागि दाबी पेश गरिसक्नु पर्ने हुन्छ ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने सत्तारुढ इतर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् । सरकार बनाउन ४७ मत आवश्यक पर्ने भए पछि कोशी सरकार अस्थिर तिर धकेलिएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद