Media Network

सुदूरपश्चिम प्रदेश : बजेट संशोधन गर्न नागरिक उन्मुक्ति पार्टीको माग


खबरस्टोरी संवाददाता

२८ असार २०८०,बिहीबार

कैलाली । सुदूरपश्चिम प्रदेशमा बजेट माथिको छलफल गर्दै नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक खुसीराम चौधरीले बजेट संशोधनको माग गरेका छन् ।प्रदेश सभा बैठकमा उनले बजेट लज्जास्पद आएको हुँदा शिर ठाडो गरेर हिँड्न पनि समस्या भएको हुँदा संशोधनको माग गरेको बताएका हुन् ।

उनले नीति तथा कार्यक्रम राम्रो भए पनि बजेट भने यथार्थपरक आउन नसकेको टिप्पणी गरे ।

उनले भने, ‘यो बजेट गलत छ । बस्तुवादी छैन । यथार्थपरक बजेट छैन । बजेटले लज्जास्पद स्थिति बनाएको छ । शिर ठासो बनाएर हिँड्ने अवस्था छैन । संशोधन गरियोस् ।’

उनले नीति तथा कार्यक्रममा कमैयाका छोरा छोरीलाई एमबिबिएस सम्म अध्ययन गराउने नीति लिए पनि बजेटमा भने त्यो उल्लेख नगरेको भन्दै विरोध जनाए ।

आफ्नो निर्वाचन क्षेत्रमा रहेका प्रादेशिक अस्पतालको अवस्था बारे पनि सरकार गम्भीर नभएको उनको गुनासो थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद