Media Network

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षा


खबरस्टोरी संवाददाता

८ असार २०८०,शुक्रबार

काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा शुक्रबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि जनाएको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको १–२ स्थानमा भारी वर्षाको सम्भावना छ।
शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 
कोशी, मधेश, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै लुम्बिनी र कर्णाली प्रदेशका १–२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद