Media Network

अभिभावक संघको लुम्बिनी अधिवेशन माघ २० मा हुने


खबरस्टोरी संवाददाता

२२ पुष २०८०,आईतवार

बुटवल । नेपाल राष्ट्रिय अभिभावक संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आगामी माघ २० गते हुने भएको छ । संघको शनिवार सम्पन्न लुम्बिनी प्रदेश भेलाले आगामी माघ २० गते बुटवलमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको संघका लुम्बिनी प्रदेश संयोजक पूर्णचन्द्र पाण्डेले बताए ।

भेलामा संघका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज श्याम शर्मा भुसालले संघको महत्व र आवश्यकताबारेमा चर्चा गरेका थिए ।

संघको प्रदेश संयोजक पाण्डेको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्य तथा प्रदेश सह इन्चार्ज पूर्णचन्द्र तिवारीले स्वागत तथा केन्द्रीय सचिव एवम् प्रदेश सह इन्चार्ज रामबहादुर रायमाझीले गरेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद