Media Network

अझै तीन दिन तमोर, अरुण र कन्काई नदीको बहाव उच्च हुने


खबरस्टोरी संवाददाता

४ असार २०८०,सोमबार

काठमाडौं । पूर्वी नेपालको ताप्लेजुङ र पाँचथरमा अझै तीन दिन बाढीको उच्च जोखिम रहेको  बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी महाशाखाका अनुसार तीन दिनसम्म तमोर, अरुण र कन्काई नदीको बहाव उच्च हुनेछ।

बाढीको बाहवबाट उच्च जोखिम रहेको भन्दै महाशाखाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ 

महाशाखाले आज दिउँसो बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै देशभरका नदीहरुको अवस्थाबारे उल्लेख गरेको छ 

तीमध्ये आज, भोलि र पर्सि तमोर, अरुण र कन्काइ नदीको बहाव उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।

यसैगरी ताप्लेजुङ र पाँचथर भएर बग्ने नदी तथा खोलाहरुमा भने उच्च जोखिमको सम्भावना छ । ती जिल्लाका नदी तथा खोलाहरुमा सतर्कता तह पार गर्ने सम्भावना छ ।

संखुवासभा, तेह्रथुम, इलाम, झापा, दोलखा, लमजुङ र गोरखा भई बग्ने नदी तथा खोलाहरुमा जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद