Media Network

अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा ३ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१९ असार २०८०,मंगलवार

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको स्थानीयले जानकारी दिए ।

आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद