Media Network

भोजपुरमा निर्माणाधीन पक्की पुल भत्कियो


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौं । भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ । षडानन्द नगरपालिका वडा नम्बर २ र साल्पा सिलिछो गाउँपालिका वडा नम्बर ३ जोड्ने पुल आज बिहान भत्किएको हो ।

पुल ढलानको तयारी थियो । ढलानका लागि छड राखिसकिएको थियो । तर फर्मा भाँचिएपछि सबै तल खसेको प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिए । उनका अनुसार यो घटनामा मानवीय क्षति भने भएको छैन ।

पुल भत्किएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद