Media Network

बाजुरामा मतगणना सुरु गरिँदै


खबरस्टोरी संवाददाता

१५ मंसिर २०७९,बिहीबार

डडेलधुरा । बाजुरामा मतगणना सुरु गर्ने तयारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वपक्षीय बैठकमा आज दिउँसो साढे ३ बजेदेखि मतगणना थाल्ने सहमति भएको हो ।

निर्वाचन आयोगले बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्न बुधबार निर्देशन दिएको थियो । तर, हिजो भएको सर्वपक्षीय बैठकमा नेकपा ९एमाले०मा प्रतिनिधि सहभागी नहुँदा मतगणना सुरु हुन सकेको थिएन ।

आज भएको सर्वपक्षीय बैठकमा एमाले प्रतिनिधि पनि सहभागी भए । मतगणना गर्ने सहमति भयो 

Share:
Reaction :
ताजा समाचार
खेलकुद