Media Network

बझाङमा जीप दुर्घटनाः ७ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

२ कार्तिक २०७९,बुधबार

धनगढी । बझाङमा बुधबार दिउँसो भएको जीप दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुरमा लागेको मेला हेरेर फर्किनेहरु चढेको जिप मष्टा गाउँपालिका–४ को चिउरीमा सुदूरपश्चिम प्रदेश ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना भएको हो । 

मष्टा गाउँपालिका–२ का ५ र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी हवलदार शेरबहादुर चन्दले जानकारी दिए । 

मृत्यु हुनेमा मष्टा गाउँपालिका–२ का २८ वर्षीया बसन्ती धामी कठायत, उनकी ७ महिनाकी छोरी दीक्षिता, सोही वडाकी १३ वर्षीया सम्झना खड्का, १४ वर्षीय प्रचण्ड खड्का, १५ वर्षीय रोशन खड्का, शुक्लाफाँटा नगरपालिका–७ का ४० वर्षीय झरेन्द्र बोहरा र २ बस्ने ३८ वर्षीय वीरेन्द्र अधिकारी रहेका छन् ।

जीपमा सवार डेढ दर्जन यात्रु घाइते भएका छन् । उनीहरु मध्ये गम्भीर अवस्थाका ३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद