Media Network

बाँकेमा बस दुर्घटना, ७ जनाको मृत्यु, ३० घाइते


खबरस्टोरी संवाददाता

२३ भाद्र २०८०,शनिबार

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सात जनाको मृत्यु भएको छ।


दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार बेलुकी करिब ९ बजे ठोक्किएको हो । दुर्घटनामा परि ३० जना घाइते भएका छन् ।


बिग्रिएर सडक छेउमा राखिएको सो ट्रकसँग बस ठोक्किँदा बसका चालक जुकबहादुर चन्दसहित सात जनाको जनाको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। यस्तै बसमा सवार ठाकुरबाबा–९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारुको पनि मृत्यु भएको छ। यस्तै सोही नगरपालिका–७ का ६५ वर्षीय साधुराम थारुको पनि ज्यान गएको छ।


प्रहरीका अनुसार नाम नखुलेका अन्दाजी ३५ वर्षीय सहचालकको पनि मृत्यु भएको छ। घाइतेको उपचार कोहलपुरस्थित अस्पतालमा भइरहेको छ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद