Media Network

बारा दुर्घटना : मृतकको संख्या ७ पुग्यो, १७ यात्रु घाइते


खबरस्टोरी संवाददाता

७ भाद्र २०८०,बिहीबार

जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ ।काठमाडौंबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश ०३(००१ ख ७९९४ नम्बरको बस आज बिहान करिब अढाई बजे दुर्घटनामा परेको हो ।

बस सडकको दायाँ साइडमा करिब १५ मिटर तल खसेपछि त्यसमा सबार सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृत्यु हुनेमा महोत्तरीको लोहारपटीका विजयलाल पण्डित, भारत राजस्थानका बहादुर सिंह, सत्यवती, राजेन्द्र चतुरवेदी, श्रीकान्त चतुरवेदी, बैजन्ती देवी, मिरा देवी र विजयलाल पण्डित रहेको प्रहरीले जनाएको छ ।बसमा सबार १७ यात्रु घाइते छन् । घाइतेहरूमध्ये केहीको अवस्था चिन्ताजनक छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक र सह(चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।घाइते हुनेहरूमा भारत राजस्थानका काघनश्याम चतुरवेदी, महोत्तरी जलेश्वरका बिहारी मुखिया, धनुषा मौवा गाउँपालिका जनकपुरका वर्षका घुरन मण्डल, महोत्तरी लोहारपटी नगरपालिकाका जसबेन्दर पासवान र भारत राजस्थान बस्ने माया देवी रहेकी छन् ।

यस्तै सोही ठाउँका अनिल कुमार, तारावती चतुरवेदी उनकै नातिनी कृत्तिका चतुरवे, श्याम लाल माली, हरवारी माली र चौथी देवी रहेका छन् ।त्यसै गरी भारत राजस्थानकै सुरेश चन्द्र चक्रवर्ती, राम प्रसाद, धरम सिंह, इन्दु धाकड, गर्बिदा चतुरवेदी र राम कुमार चतुरवेदी रहेको प्रहरीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद