Media Network

बर्दियाबाट वनभोजका लागी आएको बस दाङमा दुर्घटना


खबरस्टोरी संवाददाता

१५ पुष २०८०,आईतवार

काठमाडौं । बर्दियाबाट वनभोजका लागि दाङ आएका यात्रु बोकेको बस दुर्घटना भएको छ ।आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार २५ जना घाइतेको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र ४र५ जनालाई कोहलपुर पठाइएको छ ।तीमध्ये तीन जना गम्भीर भएको उनले बताए। बसमा करिब ४० जना सवार थिए। उनीहरु बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका ३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद