Media Network

बैतडीको मेलौलीमा बस दुर्घटना, ३९ जनाभन्दा बढी घाइते


खबरस्टोरी संवाददाता

२५ असार २०८०,सोमबार

बैतडी । बैतडीको मेलौलीमा बस दुर्घटना भएको छ ।सोमबार दिउँसो १ बजेतिर पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो ।

 दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कतिजना सवार थिए भन्ने कुरा अझै एकीन हुन बाँकी रहेको चौधरीलेले बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद