Media Network

बुटवल–पाल्पा सडक आजदेखि दैनिक ६ घण्टा बन्द


खबरस्टोरी संवाददाता

१७ पुष २०८०,मंगलवार

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको छ ।
सुरुङ मार्ग आयोजनाले एक सूचना जारी गर्दै सोमबार रातिदेखि आगामी फागुन ७ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको जनाएको हो ।
पहिलो चरणमा झण्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर सुरुङ खन्न लागिएको हो । यसबीचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक बन्द नहुने सिद्धबाबा सुरुङमार्ग आयोजनाले निकालेको सूचनामा उल्लेख छ ।
सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक÷दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड राति बन्द हुने भएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद