Media Network

एमालेका कर्ण थापालाई हराउँदै बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी


खबरस्टोरी संवाददाता

१८ मंसिर २०७९,आईतवार

बाजुरा।एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन्।पाण्डेले ३१ हजार ७ सय ८६ मत ल्याएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा पराजित भए। उनले २६ हजार ३ सय ४९ मत ल्याएका छन्।

कांग्रेसका बद्रीले ५ हजार ४ सय ३७ मतान्तरले एमालेका थापालाई हराएका हुन्।

राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ तथा जनसमाजवादी पार्टी नेपालका उम्मेदवार रामबहादुर शाहीले ७३ मत ल्याएका छन्।

बाजुराको प्रदेश सभा क्षेत्र १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही विजयी भए भने प्रदेश सभा २ मा कांग्रेसका पदमबहादुर शाही विजयी भएका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद