Media Network

गुडिरहेको स्कार्पियो माथि पहिरो खस्दा ३ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१३ भाद्र २०८०,बुधबार

बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि खसेको पहिरोमा पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरोले च्यापेको हो ।दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन।जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद