Media Network

गृहले बनाएको समिति खारेजसहित मृतकका परिवारको यस्तो छ माग ?


खबरस्टोरी संवाददाता

१५ पुष २०८०,आईतवार

काठमाडौँ । बालकुमारी घटनाको छानबिन गर्न गृहमन्त्रालयले बनाएको डिआइजी नेतृत्वको छानबिन समिति खारेज गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन् ।

शनिवार साँझ मृतक सुजन रावत र विरेन्द्र शाहका आफन्तसँग भेटका क्रममा प्रधानमन्त्रीले गृहमन्त्रालयले बनाएको छानबिन समिति खारेज गरि न्यायिक छानबिन समिति बनाउने वचन दिएको हुन् । मृतक विरेन्द्रका बाबु टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवाल सहित पुगेको टोलीले  प्रधानमन्त्री प्रचण्डलाई ११ बुँदे माग राखेका थिए ।

पहिलो बुँदानै शुक्रबारको घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समिति खारेज गरियोस र स्वतन्त्र निष्पक्ष न्यायिक छानबिन समिति गठन गरियोस् भन्ने छ रहेकाे छ।

मृतकका परिवारले मृत्यु भएका दुईजना वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

 कर्णाली प्रदेशका केही सांसदहरू सहित पुगेका उनीहरूले मृतकका परिवारकालाई उचित क्षतिपूर्ति र परिवारका एक एक जनालाई रोजगारीको व्यवस्था गर्न पनि माग गरेका छन ।

यस्तै आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई निः सर्त रिहा गर्नु पर्ने, घटनास्थलको सिसिटिभी फुटेज सुरक्षित राखी छानबिनको आधार बनाउनुपर्ने र मृतकको आफन्तको इच्छाअनुसार सदगदको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद