Media Network

गायिका रचना रिमाल सवार गाडी दुर्घटना


खबरस्टोरी संवाददाता

१४ माघ २०८०,आईतवार

दाङ । नेपालगन्जको राँझा विमानस्थलबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ।बाँकेको सिक्टा नजिकै बागमति प्रदेश ०३, ०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको हो।

अपरान्ह पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गैरहेको ट्रकले ठक्कर दिएको हो। गायिका रिमाललाई केही नभएको प्रहरीले जनाएको छ। आफुलाई घुँडामा समान्य चोट लागेको उनले बताएकी छिन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद