Media Network

होटलको माथिल्लो तलाबाट खसेर युवकको मृत्यु


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०७९,शनिबार

भैरहवा । रुपन्देहीको भैरहवास्थित होटल सि प्रिन्स बाहिर एक युवक मृत अवस्थामा फेला परेका छन । सिद्धार्थनगर ३ स्थित उक्त होटलबाहिर भुइँमा खसेको अवस्थामा ती युवा मृत भेटिएका हुन् । रुपन्देही कोटहीमाई ५  का २४ वर्षीय अमित यादव मृत अवस्थामा फेला परेका हुन् । 

भैरहवा बसपार्कनजिकै रहेको होटलमा शुक्रबार राति ७ जनाको समूहमा युवाहरु बसेका थिए । समूहमा बसेका युवामध्ये यादवको मृत्यु भएको हो ।  

यादव रुपन्देही कोटहीमाई ५ का वासिन्दा रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ । माथिल्लो तल्लाबाट चोरी गरि भाग्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने होटल सञ्चालकको भनाइ छ । 

सँगै बसेका अन्य साथीमध्ये ४ जना प्रहरी नियन्त्रणमा छन । २ जना राती नै भागेका हुन । चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चोरी गरेर भाग्ने अवस्थामा माथिल्लो तलाबाट भुईमा खसेको देखिएको छ ।  घटनाबारे अनुसन्धान भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद