Media Network

इन्जिनमा समस्या देखिएपछि यतिको जहाज पोखरामै अवतरण


खबरस्टोरी संवाददाता

१३ श्रावण २०७९,शुक्रबार

काठमाडौँ। पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि विमान ६ मिनेटमा नै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। 

पोखरा विमानस्थलबाट बिहान ८ः५४ मा उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए।

उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए ।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार जहाजमा ४५ जना यात्रु सवार थिए । टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएको थियो,’ उनले भने,


Share:
Reaction :
ताजा समाचार
खेलकुद