Media Network

जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा आज सार्वजनिक बिदा


खबरस्टोरी संवाददाता

१५ असार २०८०,शुक्रबार

कर्णाली । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।विसं २०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार आज यस क्षेत्रमा बिदा दिइएको हो ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेका अनुसार आज नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा हुनेछ ।कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद