Media Network

जुम्लाको तापक्रम –२ डिग्रीमा झर्यो


खबरस्टोरी संवाददाता

२३ मंसिर २०८०,शनिबार

जुम्ला । जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । आज जुम्लाको न्यूनतम तापक्रम –२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए ।

तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताए । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ ।चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद