Media Network

क्रिसमस मनाउनकै लागि राक्सिङ गाउँपालिकामा तीन दिन सार्वजनिक विदा


खबरस्टोरी संवाददाता

८ पुष २०८०,आईतवार

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाले विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएको छ । विज्ञप्तिमा सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने जानकारी गराएको छ ।

गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा–५ का अध्यक्ष हरिबहादुर प्रजाले कार्यपालिकाको बैठकबाटै तीन दिन बिदा दिने निर्णय भएको जानकारी दिए । सोमबार क्रिसमस र मंगलबार उधौली पर्वको सार्वजनिक बिदा पर्ने हुँदा कार्यपालिका बैठकबाट आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको उनले बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद