Media Network

कोसीमा पानीको बहाब बढेपछि ४६ वटा ढोका खोलियो


खबरस्टोरी संवाददाता

१८ श्रावण २०७९,बुधबार

राजविराज । सप्तकोसी नदीमा पानीको बहाब बढेपछि ब्यारेजका ४६ वटा ढोका खोलिएका छन् ।

 बुधबार साँझ साढे ६ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब रहेको थियो ।बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ४६ ढोका खोलिएको छ । कोसी नदी ओभरफ्लो भई उदयपुरको बेलाका नगरपालिका डुम्रीबोटेको बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाब कम भएको छैन ।

कोसीको मध्य भागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद