Media Network

काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख कोइरालालाई बालेनले सोधे ७ दिने स्पष्टीकरण


खबरस्टोरी संवाददाता

१४ माघ २०८०,आईतवार

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन्। महानगरको शिक्षा विभागको निर्णयविना नै विभाग प्रमुख कोइरालाले बानेश्वरको रत्नराज्य स्कुललाई विज्ञान अध्यापन गराउन अनुमति दिएसँगै स्पष्टीकरण सोधिएको हो।  कोइरालाले महानगरको शिक्षा बोर्डको सहमतिविना प्लस टु चलाउन अनुमति दिएको आरोपमा ७ दिने स्पष्टीकरण सोधेका हुन् । सँगै बालेनले ७ दिन बिदामा बस्न निर्देशनसमेत दिएका छन् ।

मेयर बालेन्द्रको सचिवालयका अनुसार महानगरको शिक्षा विभाग बालेन्द्रमातहत नै छ। शिक्षा विभागले गर्नुपर्ने निर्णय शाखा प्रमुख कोइरालाले गरेसँगै स्पष्टीकरण सोधिएको हो। रत्नराज्य स्कुलले ११–१२ मा विज्ञान विषय अध्ययन गर्न अनुमति पाएर २२ जना विद्यार्थी भर्ना भइसकेका छन्।

यसअघि बालेन्द्रले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी लागायत ३ जनालाई स्पष्टीकरण सोधेका थिए। जसमा अधिकारीको महानगरबाटै सरुवा भइसकेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद