Media Network

काठमाडौंको तापक्रम २.१ डिग्रीमा झर्यो


खबरस्टोरी संवाददाता

१५ माघ २०८०,सोमबार

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम आज यस वर्षकै कम मापन गरिएको छ । आज काठमाडौंको तापक्रम २।१ डिग्री मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागले बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंको यो तापक्रम यस वर्षकै सबैभन्दा कम २.१ डिग्री हो । केहि दिनअघि काठमाडौंको तापक्रम क्रमशः घट्दै गएर २.२ डिग्रीमा मा झरेको थियो ।

मौसमविद अर्यालका अनुसार आज सबैभन्दा कम जुम्लामा माइनस ४.९ र जोमसोममा माइनस ४.५ डिग्री मापन गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद