Media Network

७० प्रतिशत ल्याएपछि लाइसेन्स ट्रायल पास


खबरस्टोरी संवाददाता

१३ आश्विन २०७९,बिहीबार

सिरहा। यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र(लाइसेन्स) लिन मात्र ७० प्रतिशत ल्याएपछि ट्रायल पास हुने व्यवस्था गरिएको छ ।

मोटरसाइकल,स्कुटर,कार,जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखितमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्यएपछि पास हुने व्यवस्था गरिएको हो ।

कार्यालयले ७० प्रतिशत ट्राइलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि पहिलेको तुलनामा पासको हुनेको संख्यामा धेरै वृद्धि भएको छ ।

यातायात व्यवस्था विभागले १ जेठ ०७८ देखि लागू हुने गरी दुईपांग्रे र चारपांग्रे सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने कार्यविधि पास गरेको थियो । विभागले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् १०० पूर्णांकमा १०० नै ल्याउनुपर्ने व्यवस्था हटाउँदै सामान्य त्रुटि भए पास हुने कार्यविधि बनाएको छ ।

एकपटक फर्म भरेपछि तीनपटकसम्म ट्रायल दिन सकिन्छ । शनिबारदेखि लहानमा ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने सुरु भएको छ । पहिलो दिनमै सैयौँ व्यक्तिहरू पास भएका थिए ।

अंक घट्ने अवस्था

– एकपटक अंकित रेखा छोएको ५ अंक

– एकपटक खुट्टाले भुइँमा टेकेको ५ अंक

– टर्निङ इन्डिकेटर लाइट नबालेको १० अंक

– ट्राफिक संकेत पालना नगरेको १५ अंक

– एकपटक खुट्टाले भुइँमा टेकेको ५ अंक

– एकपटक सवारीको स्टार्ट बन्द भएमा ५ अंक

– सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरू सामान्य निरीक्षण नगरेको ३ अंक

– हेलमेट लक नलगाई सवारी चलाएको ४ अंक

– अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएको ३ अंक


Share:
Reaction :
ताजा समाचार
खेलकुद