Media Network

लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य


खबरस्टोरी संवाददाता

७ श्रावण २०७९,शनिबार

काठमाडौं । लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन शुक्रबार रातीबाट अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु दशौँ अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गरेका हुन् ।

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३  उपनियम (३) बमोजिम प्रदेशसभा सचिवालयले सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरेको सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद