Media Network

लुम्बिनीको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)


खबरस्टोरी संवाददाता

१३ पुष २०८०,शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को यस प्रदेशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।  
उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनी प्रदेशको हिस्सा १४.२ प्रतिशत हुने अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १४.१ प्रतिशत रहेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा यस प्रदेशको आर्थिक वृद्धि २.०६ प्रतिशत रहने अनुमान रहेको छ । गत आर्थिक वर्षको आर्थिक बृद्धि ५.०३ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७९/८० मा देशको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा यस प्रदेशको हिस्सा क्रमशः १७.५ प्रतिशत, १५.५ प्रतिशत र १२.६ प्रतिशत रहने अनुमान रहेको छ । यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २९.८ प्रतिशत, १४.७ प्रतिशत र ५५.५ प्रतिशत रहने अनुमान रहेको छ ।

पूर्णपाठसहित

Share:
Reaction :
ताजा समाचार
खेलकुद