Media Network

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने


खबरस्टोरी संवाददाता

१९ बैशाख २०८०,मंगलवार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिँदै छन् । गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका चौधरीले आज ११ बजे संसदबाट विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाववादी)का एक÷एक र स्वतन्त्र एक सांसदसहित ५३ सांसदको समर्थन रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद