Media Network

महाकाली नदीमा बढ्यो बहाव, शारदा ब्यारेजमा सवारी आवागमनमा रोक


खबरस्टोरी संवाददाता

२९ श्रावण २०८०,सोमबार

काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेको छ । लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेको हो । बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

ब्यारेजमा बिहान ८ बजे पानीको सतह एक लाख ७२ हजार क्युसेक मापन गरिएको छ । नदीमा एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनमा आइतबार साँझदेखि रोक लगाइएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद