Media Network

महिलामाथि हातपात गरेको आरोपमा प्रदेश राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा


खबरस्टोरी संवाददाता

३१ जेष्ठ २०७९,मंगलवार

दाङ। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनलाई महिला माथि हातपात गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।

तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कको लालुमण्डीको पछाडि बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै पसेर मंगलबार बिहान राज्यमन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेकी हुन् ।   

मन्त्री आफैं अर्काको घरभित्र गएर कुटपिट  गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा वलीलाई थुनेर राखेका थिए । हाल घटनास्थलमा प्रहरी परिचालन गरिएको छ  भने आरोपित राज्यमन्त्री वली अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा छिन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद