Media Network

महोत्तरीको भंगहामा हिंसा भड्कियो, कर्फ्यु आदेश जारी


खबरस्टोरी संवाददाता

१० कार्तिक २०७९,बिहीबार

बर्दिबास । महोत्तरीको भंगहामा हिन्दु र मुश्लिम समुदायबीच हिंसा भड्किएपछि प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । दुई पक्षबीचको हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको हो । 

भंगहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको प्रकाशनले जनाएको छ ।

दिउँसो ३ बजेबाट लगाइएको कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । 

हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको ¥यालीको क्रममा विहीबार हिंसा भड्किएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर गरेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद