Media Network

मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गाको निधन


खबरस्टोरी संवाददाता

२७ पुष २०८०,शुक्रबार

विराटनगर । मातृ वियोगको केही महिना पछि नै  युवा तथा  खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ ।
मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको घरैमा निधन भएको हो ।
शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने  नेपाली काँग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए ।
लिम्बुको १ छोरी र १ छोरा रहेका छन् । मन्त्री लिम्बुकी सासुआमाको गत बर्ष  निधन भएको थियो । केही महिना अघि आफ्नी आमाको समेत  निधन भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद