Media Network

‘नो रोड नो भोट’ भन्दै सर्लाहीमा प्रदर्शन


खबरस्टोरी संवाददाता

१७ कार्तिक २०७९,बिहीबार

सर्लाही । सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका ३ का बासिन्दाले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् ।मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि दलहरुले प्रचार प्रसार गर्न थालेपछि युवाहरुले उम्मेदवारलाई गाउँ छिर्न रोक लगाउँदै नारावाजी गरेका हुन ।

गाउँका युवाले हुलाकी राजगार्कमा ढाट राखेर र टायर बालेर प्रदर्शन गरेका छन् । हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले ‘नो रोड नो भोट’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन पनि गरेका हुन्।

हुलाकी राजमार्ग पीच नगरेकै कारण धुलोले गाउँलेको स्वास्थ्य समेत विग्रिएको गुनासो गरेका छन् । यो सडक नबनेका कारण यहाँका हजारौंको जनजीवनमा कठिनाइ भएको भन्दै प्रदर्शनमा उत्रिएका हुन्।

सर्लाही-२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनावी मैदानमा रहेका नेपाल समाजवादी पार्टीका कार्यकारी अध्यक्ष महिन्द्रराय यादव, लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो, नेकपा एमालेका राजनारायण साहसहित १७ जना चुनावी मैदानमा छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद