Media Network

नेपालगञ्जमा हट्यो कर्फ्यु, निषेधाज्ञा कायमै


खबरस्टोरी संवाददाता

२० आश्विन २०८०,शनिबार

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा जारी गरेको कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सुचना जारी गर्दै बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको हो ।

आज बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म भने कर्फ्यु कायम रहने प्रशासनले जनाएको छ ।

निषेधाज्ञामा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टास्न वा लेख्न पाइने छैन । यस्तै हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको उनले बताए ।जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पतिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न सबैलाई कार्यालयले अनुरोध गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद