Media Network

नेपालगञ्जमा कारको ठक्करबाट २ जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१६ पुष २०८०,सोमबार

काठमाडौं । बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् ।आइतबार राति अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेका उनीहरुलाई सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट घाईते भएका एक महिला र एक पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।मृतकको सनाखत हुन सकेको छैन ।घाइते अर्की महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद