Media Network

नर्भिक पुगे मेयर बालेन, टहरा भत्काउन समय थप


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह नर्भिक अस्पताल पुगेका छन् । 

सोमबार सरकारी जग्गामा बनेको अस्पतालको टहरा भत्काउन महानगरले अस्पताललाई २४ घण्टाको अल्टिमेटम दिएको थियो ।यस क्रममा अस्पतालका प्रतिनिधिले टहरा भत्काउनेबारे थप समय माग गरेका थिए । अस्पतालका प्रतिनिधिको मागपछि मेयर शाहले महानगरको इञ्जिनियर आएर भत्काउन समय तोकिदिने बताएका थिए । यसैबीच, उनले नक्सा पास गरेर भौतिक निर्माण गर्न सकिने बताए ।

यस्तै, मेयर शाहले अस्पतालले मन्त्रिपरिषद्बाट नै जग्गा भाडा लिएर नक्सा पास गरी भवन बनाए आफूले केही नगर्ने बताएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद