Media Network

ओखलढुङ्गामा जिप दुर्घटना : दुई जनाको मृत्यु,घाइतेको हेलिकप्टरबाट उद्धार


खबरस्टोरी संवाददाता

२१ फाल्गुन २०७९,आईतवार

काठमाडौँ । ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिसंखुगढी–३ घर भएका मीनबहादुर श्रेष्ठसहित दुई जना छन् ।

ना.१ ज ८४८३ नम्बरको बोलेरोमा १३ जना सवार रहेको ओखलढुङ्गाका डिएसपी दीपक केसीले बताए । दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । 

जिप सुमन कार्कीले चलाएका थिए । दुर्घटनामा परेर घाइते हुनेमा भक्त बहादुर थापा, चालक सुमन कार्की, तुलसा धमला, २ वर्षीय बालक विनय धमला, तीर्थलक्ष्मी श्रेष्ठ, केन्द्रबहादुर कार्की, आयुशा श्रेष्ठ, शर्मिला श्रेष्ठ, ४ वर्षीय लरिसा श्रेष्ठ र खेमबहादुर खत्री छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद