Media Network

पहिरोले भीमदत्त राजमार्ग भासियो


खबरस्टोरी संवाददाता

२३ श्रावण २०८०,मंगलवार

कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ ।गोदावरी नगरपालिका ४ स्थित सडकमा पहिरो खसेपछि भासिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

हिजो राति करिब ११ बजे उक्त सडकमा पहिलो खसेको थियो । त्यसपछि अवरुद्ध भएको सडक अझै सुचारु हुन सकेको छैन ।

अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको हुँदा सडक खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

पहाडी सात जिल्लाबाट आएका गाडी अहिले धनगढी आउन सकेका छैनन् । धनगढीबाट पहाडी सात जिल्लाका लागि छुटेका गाडी पनि त्यही रोकिएका छन् ।

हिजो राति देखी सयौँ यात्रुहरू अलपत्र परेका छन् । पहिरोका कारण सडक समेत भासिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद